संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर) « Khabarhub

संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माया भन्ने चिज संसारमै विचित्रको हुन्छ । न त उमेरले छेक्छ न त उनीहरुको शारीरिक वनावट र रुप-रंगले  नै । हाल एक जोडी चर्चामा छन् । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । उनीहरुको प्रेम सम्बन्ध निकै प्रगाढ छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध शुरु भएको जनाइन्छ ।

३० वर्षीया पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज गरेका थिए। त्यतिखेर उनले मन नपराए पनि त्यसको १८ महिनापछि प्रेम प्रस्तावलाई स्वीकारेकी थिइन् । त्यसपछि उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ५२ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक