संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर) « Khabarhub

संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माया भन्ने चिज संसारमै विचित्रको हुन्छ । न त उमेरले छेक्छ न त उनीहरुको शारीरिक वनावट र रुप-रंगले  नै । हाल एक जोडी चर्चामा छन् । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । उनीहरुको प्रेम सम्बन्ध निकै प्रगाढ छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध शुरु भएको जनाइन्छ ।

३० वर्षीया पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज गरेका थिए। त्यतिखेर उनले मन नपराए पनि त्यसको १८ महिनापछि प्रेम प्रस्तावलाई स्वीकारेकी थिइन् । त्यसपछि उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी