श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द « Khabarhub

श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले तनहुँको दमौलीमा सञ्चालन गरेको अस्पताल बन्द भएको छ । दमौलीमा सञ्चालनमा आएको ‘ने कोर्यो’ अस्पतालमा कार्यरत चिकित्सहरुले बीना श्रम स्वीकृति नै काम गरिरहेका थिए । उनीहरु पर्यटक (भिजिट) भिसामा आएर ने कोर्यो अस्पतालमा काम गरेको पाइएको थियो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत बिना स्वीकृति काम गरिरहेको भेट्टिएपछि खबरहबले श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारको प्रभावमा ने कोर्यो अस्पतालमा काम गर्ने डाक्टरहरुको श्रम स्वीकृत जाँच गर्दै नेपाल मेडिकल काउन्सिलले दिएको प्रमाणपत्र नवीकरण नगरेपछि अस्पताल नै बन्द गर्नु परेको हो ।

अस्पतालमा ‘ने कोर्यो’ अस्पतालमा १० जना उत्तर कोरियालीहरुले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक र दुई जना प्रशासनिक क्षेत्रमा कार्यरत छन् । उनीहरूमध्ये एलएम कुम सील ( Lm Kum Sil), काङ्ग र्‍योन ओके ( Kang Ryhon OK), किम जोङ (Kim Jong) र रि यु हुई (Ri You Hui) गरी चार जनाको मात्र श्रम स्वीकृति छ । यी बाहेक अरु सबै गैर कानुनी रुपमा काम गर्दै आएका थिए ।

अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार चिकित्सकको नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत अवधि सकिएकाले सेवा बन्द गर्न काउन्सिलले पत्र लेखेपछि अस्पताल नै बन्द गर्नु परेको हो । तर अस्पताल प्रशासनले भने अस्पताल बन्द नरहेको दाबी गरेको छ । मेडिकल काउन्सिलले दिने डाक्टरको इजाजत अवधि सकिएर नवीकरणको प्रक्रियामा रहेको भन्दै अस्पताल प्रशासनले अस्पतालको सेवा जारी रहेको दाबी गरेको छ ।

खबरहबमा प्रकाशित समाचारपछि तनहुँ जिल्ला प्रशासनले पनि अस्पतालबारे अनुगमन गरेको थियो । असारको पहिलो साता जिल्ला प्रशासन तनहुँबाट गएको टोलीले अनुगमन गर्दा अस्पतालमा कार्यरत ४ चिकित्सकको इजाजत सकिएको र बाँकी‍को केही समय रहेकाले उनीहरु कार्यरत रहेको थियो । उनीहरुको पनि आइतबार इजाजत सकिएपछि सोमबारबाट अस्पताल बन्द भएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ३८ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै