नेपालले कतारलाई दियो १२३ रनको चुनौती « Khabarhub

नेपालले कतारलाई दियो १२३ रनको चुनौती


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालले जीतका लागि कतारलाई १२३ रनको चुनौती प्रस्तुत गरेको छ ।

सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै १२२ रन बनायो ।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।

यस्तै कप्तान पारस खड्काले २८ रन जोडे । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । २४ बलमा उनले २ चौका र १ छक्का हाने । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।

विनोद भण्डारीले ३, करन केसीले ४, ललित नारायण राजव‌ंशी शुन्य, बसन्त रेग्मी १ र सन्दीप लामिछाने ९ रनमा पेभिलियन फर्किए । अभिनास बोहरा शुन्य रनमा अविजित रहे ।

कतारका लागि इकबल हुसेइनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले २/२ तथा इनाम उल हकले १ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ०७ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले