म्याग्दीमा विप्लव नेकपाका दुई नेता पक्राउ « Khabarhub

म्याग्दीमा विप्लव नेकपाका दुई नेता पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता पक्राउ परेका छन् ।

प्रहरीले म्याग्दी जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पक्राउ गरेको हो । जिल्ला इञ्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बेनी नगरपालिका–३ नयाँपुलबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी जनाएको छ ।

प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ४२ वर्षीय क्षेत्री रुकुमको सानीभेरी गाउँपालिका–२ र ४८ वर्षीय शाक्य बागलुङ नगरपालिका–३ का हुन् ।

उनीहरुले प्रयोग गरेको ध १ प २१७० न.को मोटरसाईकल र तीन थान मोवाइल सेट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि स्थानीय तहका पदाधीकारी, ब्यापारी तथा कर्मचारीहरुलाई धम्काई जवरजस्ति चन्दा असुलि गरेको, २०७५ फागुन ११ गते म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको आरोप छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ५७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल