६ वर्षपछि ऋतिकलाई सफलता, बक्स अफिसमा ‘सुपर ३०’ ले गर्‍यो कमाल « Khabarhub

६ वर्षपछि ऋतिकलाई सफलता, बक्स अफिसमा ‘सुपर ३०’ ले गर्‍यो कमाल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा भलै कुनै रेकर्ड तोड्न सकेको छैन, तर यो फिल्मले धमाकेदार व्यापार गरिरहेको छ । ऋतिकजस्ता ठूला स्टारको अनुपातमा पनि फिल्मको व्यापार खासै धेरै भन्न नमिल्ला तर फिल्मको बजेट अनुसार यसको व्यापार राम्रो हो ।

फिल्म विश्लेषकहरु यो फिल्मले २ सय करोड सजिलै कमाउने अनुमान गरेका छन् । फिल्मले मुनाफा पनि राम्रो गरिरहेको छ । यो फिल्मले हालसम्म १ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

ऋतिक रोशनको खातामा ६ वर्षपछि बल्ल सफल फिल्म परेको हो । यसअघि उनी अभिनित फिल्म ‘कृष ३’ पनि सुपरहिट भएको थियो । यो फिल्मलाई उनका पिता राकेश रोशनले निर्देशन गरेका थिए ।

‘कृष ३’ पछि ऋतिकका ४ फिल्म रिलिज भए । तर, ती फिल्मले खासै व्यापार गर्न सकेनन् । सन् २०१७ मा रिलिज भएको फिल्म ‘काबिल’ को राम्रो चर्चा भयो तर यो फिल्मबाट पनि वितरक घाटामा गए । निर्माताले भने राम्रै कमाइ गरे ।

अहिले हलमा रिलिज भइरहेको उनको फिल्म ‘सुपर ३०’ ले भन दर्शकको मन जितेको छ । यो फिल्मको राइटस् लिएका सबै फाइदामा गएका छन् भने सिनेमा घरमा पनि फिल्मले दर्शक पाइरहेको छ ।

ऋतिकको शीर्ष भूमिका रहेको फिल्म ‘वार’ प्रदर्शन हुँदैछ । यो फिल्मले पनि धमाका मच्चाउने अनुमान गरिएको छ । किनकि, यो फिल्ममा अर्का स्टार टाइगर श्राफ पनि छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : १५ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्