रमित ढुंगाना ‘राजा साहेब’ बन्ने « Khabarhub

रमित ढुंगाना ‘राजा साहेब’ बन्ने


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता रमित ढुंगानाको शीर्ष भूमिका रहने गरी चलचित्र ‘राजा साहेब’ निर्माणको घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरियो ।

चलचित्रलाई बिचल किरातीले निर्देशन गर्नेछन् भने फिल्ममा रमित ढुंगाना, धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जजल गिरी, टार्जन लगायतका कलाकारले अभिनय गर्नेछन् । यही फिल्मबाट सोनिका केसी र आइशा राईले फिल्ममा डेब्यु गर्दैछन् ।

फिल्ममा निर्देशक राईकै लेखन रहनेछ । यस्तै फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमको छायांकन रहने यो चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् ।

बुधवारबाट फ्लोरमा उत्रिने यो फिल्म तिहारमा रिलिज गरिने निर्माण टिमको लक्ष्य छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : ०० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ