के मलाइका र अर्जुन कपूरको बिहे सम्भव छ ? « Khabarhub

के मलाइका र अर्जुन कपूरको बिहे सम्भव छ ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अर्जुन कपूर र मलाइका अरोरा प्रेमसम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । यो चर्चा त्यतिबेलादेखि हुन थालेको थियो, जतिबेला मलाइकाको पूर्वपतिसँग डिभोर्स पनि भएको थिएन ।

डिभोर्सपछि अर्जुन र मलाइकाले खुलेआम प्रेमसम्बन्ध शेयर गरिरहेका छन् । देख्दा यस्तो लाग्छ कि, यी दुई एकअर्काको गहिरो प्रेममा छन् ।

मलाइका अर्जुन कपूरभन्दा झण्डै १२ वर्ष जेठी छिन् । तर, प्रेममा उमेरको कहाँ मतलब हुन्छ र ? जोसँग पनि हुन सक्छ । अर्जुन कपूरको सलमान खानको परिवारसँग पनि राम्रो सम्बन्ध छ ।

एक समय अर्जुनले सलमान खानकी बहिनी अर्पितालाई पनि चाहन्थे । तर, पछि उक्त कुरा कुरामै सीमित रह्यो । सलमान खानको पार्टीमा अर्जुन जाँदा उनी मलाइकाप्रति आकर्षणमा परे ।

पछि जे भए पनि अहिले भने अर्जुन र मलाइका एकअर्कालाई चाहेका छन् । रेस्टुरेन्ट र सिनेमा मात्र होइन, यी दुईले विदा पनि एकसाथ मनाउन थालेका छन् ।

के दुवैले बिहे गर्लान् ? यसबारेमा कतिले भन्छन्, यी दुई बिहेको तयारीमा पनि लागेका छन् ।

अर्कातिर अर्जुनका बुबा बोनी कपूर पनि यो सम्बन्धलाई लिएर खुशी छैनन् । मलाइका छोराले पनि यो सबै बुझेका छन् । मलाइका पूर्वपति अरबाज पनि अरूसँग सम्बन्धमा छन् ।

मलाइका र अर्जुन अहिले खुशी छन् । दुवै अब साथीबाट माथिल्लो लेभलमा पुगेका छन् । कतिपयले यी दुईको बिहे हुन सक्ने बताउँछन् । अहिले भने यी दुवै बिहे नगरीकनै खुशी रहन चाहन्छन् । धेरैको भने यी दुईको बिहे नहुने भनाइ छ । आखिर अर्जुनका परिवार पनि त खुशी छैनन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका