साउन महिना, राति शिवलिङ्ग छेऊ दियो बाले हुनेछ फलिफाप | Khabarhub Khabarhub

साउन महिना, राति शिवलिङ्ग छेऊ दियो बाले हुनेछ फलिफाप


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले साउन महिना चलिरहेको छ । सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्रअनुसार भगवान शिवको महिना र बार हो । त्यसैले साउन महिना र सोमबार भगवान शिवको पूजा, आराधनाका लागि उत्तम समय मानिन्छ ।

त्यसैले यो महिनामा भगवान शिवको पूजा, आराधना गरेमा अक्षय पूण्य प्राप्त हुनेछ । शिवपुराण भगवान शिव र सृष्टिको निर्माणमा आधारित छ । यस पुराणमा शिव पूजाको थुप्रै विधिविधान उल्लेख गरिएको छ । यस धार्मिक ग्रन्थअनुसार राति शिवलिङ्ग छेऊ दियो बाल्नु राम्रो हुने छ । यसको पनि पूजाको एक विधि रहेको छ ।

पूजा विधिसँग जोडिएको एक कथा

शिवपुराणमा बताईए अनुसार प्राचिनकालमा गुणनिधि नामका एक व्यक्ति अत्यन्तै गरीब थिए । उनी आफ्नो र परिवारको लागि खानाको खोजीमा थिए । यसरी खाना खोज्दै जाँदा रात पर्‍यो । यही क्रममा उनी एक शिव मन्दिरमा पुगे ।

गुणनिधिले उक्त रात त्यही शिव मन्दिरमा विश्राम गर्ने सोच बनाए । रातिको समयमा त्यहाँ अत्यधिक अध्याँरो छायो । त्यो अध्याँरोमा गुणनिधिले उज्यालोका लागि आफुले लगाएको कमिज फुकालेर बालिदिए ।

रातको समयमा भगवान शिवलिङ्गमा प्रकाश अर्थात उज्यालो पारेका कारण त्यसको प्रतिफलस्वरुप उक्त व्यक्तिले अर्को जन्ममा देवताहरुको कोषाध्यक्ष कुबेर देवको पद प्राप्त गरे ।

यस कथाअनुसार रातको समयमा शिव मन्दिरलाई उज्यालो बनाउन दियो बाल्नु पर्दछ ।

दियो बाल्दा ऊँ नमः शिवाय मन्त्र उच्चारण गरी जाप गर्नुपर्दछ । मन्त्र जाप कम्तिमा १०८ पटक गर्नुपर्दछ । जाप गर्दा रुद्राक्षको माला उपयोग गर्नुपर्दछ । मन्त्र जाप गरिरहेको समयमा भने दियो बाल्नु पर्दैन ।

साउन महिनाभर हरेक दिन बिहान तामाको लोटाबाट शिवलिङ्गमा जल चढाउनु पर्दछ । जल चढाउँदा ऊँ सांब सदा शिवाय नमः मन्त्र जाप कम्तिमा १०८ पटक गर्नुपर्दछ ।

यसका साथै बेल पत्र र मिठाई पनि चढाएमा लाभ मिल्ने छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : १३ बजे

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु