अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ता कार्यक्रममा सहभागी हुन दूतावासको आग्रह « Khabarhub

अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ता कार्यक्रममा सहभागी हुन दूतावासको आग्रह


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारले अवैध आप्रवासीका लागि ल्याउन लागेको ‘ब्याक फर गुड’ कार्यक्रममा सहभागी भएर स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ती जारी गरी आगामी अगष्ट १ तारिखदेखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने सो कार्यक्रममा सहभागी भई लाभ उठाउन दूतावासले आग्रह गरेको हो ।

कार्यक्रमअन्तर्गत नेपाल फर्किन मलेसिया सरकारलाई ७ सय रिंगेट जरिवाना बुझाउनु पर्नेछ भने पासपोर्ट नहुनेहरुले एकतर्फी यात्रा अनुमति पत्र बनाउन दूतावासलाई १ सय ६० रिंगेट तिर्नुपर्नेछ । यसैगरी मलेसियाबाट नेपाल फिर्ता हुने हवाई टिकटसमेत सम्बन्धित व्यक्तिले नै काट्नु पर्नेछ ।

दूतावासका अनुसार राहदानी वा दूतावासबाट बनाइएको एकतर्फी यात्रा अनुमति पत्र लिएर सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्नेछ ।

अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपिसमेत अनिवार्य रुपमा साथमा लिएर जानु पर्नेछ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल उड्ने मिति अध्यागमन कार्यालयमा गएको ७ दिनभित्रको हुनुपर्ने छ ।

कुनै सहयोग आवश्यक परेमा दूतावासको फोन नम्बरहरु ०३–२०२०१८९८, ०३–२०२०१८९९, ०३–२०२०१८९०१ वा हटलाईनमा ०१६–२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मलेसिया सरकारले मलेसियाको भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेख विहिन भएर बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन लक्षित गर्दै आममाफीको कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : ०० बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको