अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ता कार्यक्रममा सहभागी हुन दूतावासको आग्रह | Khabarhub Khabarhub

अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ता कार्यक्रममा सहभागी हुन दूतावासको आग्रह


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारले अवैध आप्रवासीका लागि ल्याउन लागेको ‘ब्याक फर गुड’ कार्यक्रममा सहभागी भएर स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ती जारी गरी आगामी अगष्ट १ तारिखदेखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने सो कार्यक्रममा सहभागी भई लाभ उठाउन दूतावासले आग्रह गरेको हो ।

कार्यक्रमअन्तर्गत नेपाल फर्किन मलेसिया सरकारलाई ७ सय रिंगेट जरिवाना बुझाउनु पर्नेछ भने पासपोर्ट नहुनेहरुले एकतर्फी यात्रा अनुमति पत्र बनाउन दूतावासलाई १ सय ६० रिंगेट तिर्नुपर्नेछ । यसैगरी मलेसियाबाट नेपाल फिर्ता हुने हवाई टिकटसमेत सम्बन्धित व्यक्तिले नै काट्नु पर्नेछ ।

दूतावासका अनुसार राहदानी वा दूतावासबाट बनाइएको एकतर्फी यात्रा अनुमति पत्र लिएर सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्नेछ ।

अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपिसमेत अनिवार्य रुपमा साथमा लिएर जानु पर्नेछ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल उड्ने मिति अध्यागमन कार्यालयमा गएको ७ दिनभित्रको हुनुपर्ने छ ।

कुनै सहयोग आवश्यक परेमा दूतावासको फोन नम्बरहरु ०३–२०२०१८९८, ०३–२०२०१८९९, ०३–२०२०१८९०१ वा हटलाईनमा ०१६–२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मलेसिया सरकारले मलेसियाको भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेख विहिन भएर बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन लक्षित गर्दै आममाफीको कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : ०० बजे

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को