कर्णाली प्रदेशले संघ सरकारसँग माग्यो पाँच सय कर्मचारी « Khabarhub

कर्णाली प्रदेशले संघ सरकारसँग माग्यो पाँच सय कर्मचारी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पारेका छन् ।

विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारी तत्काल आवश्यकता रहेको उनको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै गर्न नसकेको स्पष्ट पारे ।

उनले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलब, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई आग्रह गरे । कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको बताए । उनले भौगोलिक विकटताका कारण विकास निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यकता हुने स्मरण गराए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ११ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको