गुल्मी पहिरो : मृत्यु हुनेको स‌ंख्या ११ पुग्यो (अपडेट) | Khabarhub Khabarhub

गुल्मी पहिरो : मृत्यु हुनेको स‌ंख्या ११ पुग्यो (अपडेट)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवति गाउँपालिकामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

वडा नम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लिम्घामा मृत्यु भएका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ ।

वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ ।

पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेको छ । पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सत्यवति-४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु रहेको प्रहरीले जानकारी दिएको छ ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा डाक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

२०० सय घर जोखिममा

पहिरोका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताए ।

घरहरु जोखिममा रहेकाले स्थानीय विद्यालयमा बसिरहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित हुँदै उनीहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ ।

पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ३१ बजे

इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो

एजेन्सी – इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई

अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव

काठमाडौं– उद्योगी व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को