‘साइनो’ को गीतमा नीताको आइटम डान्स « Khabarhub

‘साइनो’ को गीतमा नीताको आइटम डान्स


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘क्या बात छ’ बोलको गीतमा मीना निरौलाको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा यमन सुवेदीको शब्द तथा किरण भुसालको संगीत रहेको छ ।

गीतको भिडियोमा नायिका नीता ढुंगानाले राजकुमार र राजा राजेन्द्र पोखरेलसँग कम्मर मर्काएकी छिन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा रमेश थापाको निर्देशन छ । यस्तै फिल्ममा मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुले समेत अभिनय गरेका छन् ।

साउन २४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । त्यसै गरी फिल्ममा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ३३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल