बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा बोरिस जोनसनले मारे बाजी « Khabarhub

बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा बोरिस जोनसनले मारे बाजी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जोनसनलाई चुनेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको टुंगो लागेको हो ।

उनले दलभित्रको नेताका लागि भएको मतदानमा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाए । दलका लगभग एक लाख ६० हजार सदस्यले मतदान गरेका थिए ।

जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने बीबीसीले जनाएको छ । ‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक बिफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जोनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए । बुधवार उनले टेरिजा मेको उत्तराधिकारीका रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन् ।

अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जोनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए । जोनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए ।

दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर बोरिस जोनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पछि उनी शुरूदेखि नै जीतको दाबेदार देखिएका थिए ।

बेलायत युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टेरिजा मेले संसद्मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन् ।

उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ३९ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर