विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा जेल चलान « Khabarhub

विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा जेल चलान


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् ।

शनिवार मध्यराति पक्राउ परेका उनलाई प्रहरीले आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगिएका लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

काठमाडौंको गोठाटारबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो । उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएको, उपत्यकाका विभिन्न स्थानमा बम विष्फोट गराएको लगायतका अभियोगमा मुद्धा अघि बढाइएको छ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

यसअघि पक्राउ परेका विप्लव समूहका अर्का नेता हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ०३ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा