लोकसेवा आयोग सम्बन्धी विधेयक पारित « Khabarhub

लोकसेवा आयोग सम्बन्धी विधेयक पारित


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ ।

मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि आजको बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले लोकसेवा आयोगको विश्वसनीयतालाई जोगाउने गरी कानून बनाउन सुझाव दिएका थिए ।

छलफलमा प्रदेशसभा सदस्य महेशदत्त जोशी, दुर्गाकुमारी कामी, चुनकुमारी चौधरी, भरतबहादुर खड्का र कर्णबहादुर मल्लले भाग लिएका थिए । लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएसँगै प्रदेशमा निजामती प्रहरीलगायत सेवाका पदमा कर्मचारीको नियुक्तिसम्बन्धी काम अगाडि बढाउने बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा समय लिएर समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णा जोशीले चन्दा माग्ने समूहले डोटीको जोरायल गाउँपालिकाको वडा कार्यालयमा आगजनी गरेको भन्दै द्वन्द्वरत पक्षसँग वार्ता गरेर शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ५१ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६