लोकसेवा आयोग सम्बन्धी विधेयक पारित « Khabarhub

लोकसेवा आयोग सम्बन्धी विधेयक पारित


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ ।

मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि आजको बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले लोकसेवा आयोगको विश्वसनीयतालाई जोगाउने गरी कानून बनाउन सुझाव दिएका थिए ।

छलफलमा प्रदेशसभा सदस्य महेशदत्त जोशी, दुर्गाकुमारी कामी, चुनकुमारी चौधरी, भरतबहादुर खड्का र कर्णबहादुर मल्लले भाग लिएका थिए । लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएसँगै प्रदेशमा निजामती प्रहरीलगायत सेवाका पदमा कर्मचारीको नियुक्तिसम्बन्धी काम अगाडि बढाउने बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा समय लिएर समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णा जोशीले चन्दा माग्ने समूहले डोटीको जोरायल गाउँपालिकाको वडा कार्यालयमा आगजनी गरेको भन्दै द्वन्द्वरत पक्षसँग वार्ता गरेर शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ५१ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता