किन रोकिएन हङकङको आन्दोलन ? | Khabarhub Khabarhub

किन रोकिएन हङकङको आन्दोलन ?



संसारकै सबैभन्दा सुरक्षित शहरमध्येमा पर्ने हङकङमा पछिल्लो समय लोकतन्त्रवादी प्रदर्शन चर्किरहेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी तथा प्रहरीबीच नियमित रुपमा नै झडपहरु हुँदै आएका छन् ।

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, स्वायत्तता तथा मानव अधिकारतर्फ केन्द्रित छ । प्रदर्शनकारीले मूख्यभूमि चीनले हङकङको स्वायत्ततालाई कमजोर बनाउँदै लगेको तथा प्रदर्शनका क्रममा प्रहरीको दमनको विरोधलाई पनि मुद्दा बनाउँदै आएका छन् । प्रदर्शनकारीले त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग समेत गर्दै आएका छन् ।

सामान्यतः यो प्रदर्शनलाई नेता तथा नेतृत्वविहीन एवं विकेन्द्रिकृत प्रदर्शका रुपमा हेरिएको छ । मानिसहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा सहभागी भइरहेका छन् । सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गर्ने बेला जन्म लिएर हाल किशोरावस्थाको उत्तराद्र्ध एवं २० वर्ष उमेर समूहको पूर्वाद्र्धमा रहेका युवाहरु अधिक स्वतन्त्रताका लागि प्रदर्शनको प्रमुख भूमिकामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

युवाहरुको अग्रसरतामा जारी प्रदर्शनलाई त्यहाँका अभियानकर्मी, बुद्धिजीवी, पत्रकार, सामान्य कामदारसहित समाजको हरेक तह र तप्काबाट समर्थन रहेको देखिन्छ । प्रदर्शनमा हरेक उमेर समूहका हङकङका नागरिकहरुको सहभागिता रहने गरेको छ ।

२३ वर्षे युवाले हाकेको आन्दोलन

युवाहरुको अग्रसरतामा जारी प्रदर्शनको सबैभन्दा महत्वपूर्ण भूमिकामा भने मात्र २३ वर्षको उमेरका युवा जोशुवा वांग छन् । त्यहाँ जारी प्रदर्शन अभियानमा उनको सक्रिय भूमिका छ । उनी सामाजिक सञ्जाल लगायतमा समेत चीन सरकार तथा हङकङको वर्तमान संस्थापनको चर्को विरोध गर्दै आएका छन् ।

कलिलो उमेरमा नै उनी अहिले हङकङमा लोकतन्त्रको संवाहक बन्न पुगेका छन् । उनी अहिलेमात्र नभई सन् २०१४ मा भएको छाता आन्दोलनमा समेत प्रमुख भूमिकामा थिए । सन् २०१४ को छाता आन्दोलनका बेला केबल १९ वर्षका रहेका उनले त्यसबेला नै अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका थिए ।

प्रदर्शनमा सहभागी भएका कारण नै उनी दुई पटक जेल परिसकेका छन् । उनलाई सन् २०१७ मा र यही वर्ष जेल चलान गरिएको थियो । पातलो कदका उनको राजनीतिक अभियानमा प्रभावशाली सहभागिता रहँदै आएको छ । उनकै अग्रसरतामा सन् २०१६ मा डेमोसिस्तो नामक पार्टीको गठन भएको थियो । उनी उक्त पार्टीको महासचिव हुन् ।

चर्किँदो प्रदर्शन

प्रदर्शनको शुरुआत भने एउटा विवादास्पद विधेयकका कारण भएको थियो । मुख्यभूमि चीनको प्रभाव रहेको हङकङको व्यवस्थापकीय परिषद्ले चीनतर्फ संदिग्ध अपराधीलाई सुपुर्दगी गर्न मिल्नेगरी ल्याइएको विधेयक नै त्यहाँ प्रदर्शन चर्किनुको कारण बन्न पुग्यो ।

यो विधेयक अनुसार कानून निर्माण भएको खण्डमा हङकङमा चीनको प्रभाव अस्वभाविक रुपमा बढ्ने र त्यसले हङकङका बासिन्दाको व्यक्तिगत स्वतन्त्रता एवं मानवअधिकारमा आँच आउने भन्दै प्रदर्शनको आयोजना गरिएको थियो । त्यसैपनि यातनाका लागि कुख्यात रहेका चिनियाँ जेलमा त्यसतर्फ सुपुर्दगी गरिएका व्यक्तिमाथि यातना हुनसक्ने प्रदर्शनकारीको चिन्ता थियो ।

चीनले शुरुका केही दिनमा प्रदर्शनकारीलाई अन्तर्राष्ट्रिय शक्तिले उचालेको आरोप लगाएको थियो । त्यसपछि चीनले प्रदर्शनकारीलाई दंगाकारीको संज्ञा दिन थाल्यो । पछिल्लो समय चीनले प्रदर्शनकारीहरुलाई आतंककारीको संज्ञा दिएको छ ।

दिन प्रतिदिन बढ्दो प्रदर्शन हिंसात्मक बन्दै गयो । प्रदर्शनका क्रममा प्रहरीको दमन पनि उत्तिनै बढ्दै गयो । प्रदर्शन चर्किरहेका कारण प्रमुख कार्यकारी क्यारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गर्न बाध्य भइन् । तैपनि प्रदर्शन रोकिएन । प्रदर्शनकारीले क्यारी लामले राजीनामा दिनुपर्ने माग उठाए । प्रदर्शनकारीले प्रहरीले प्रदर्शनकारीमाथि गरेको दमनको स्वतन्त्र छानबिन हुनुपर्ने माग समेत राखे ।

चीन तथा हङकङको संस्थापनले त्यसलाई बेवास्ता गर्यो । प्रदर्शन दिन प्रतिदिन हिंसात्मक बन्दै जान थाल्यो । हाल प्रदर्शन ११ औं सातामा प्रवेश गरिसकेको छ । प्रदर्शनकारीले अगष्ट महिनाको शुरुमा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल नै कब्जामा लिए । तीन दिनसम्म प्रदर्शनकारीको कब्जामा रहेको रहेपछि विश्वकै सबैभन्दा व्यस्त मध्येको विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण प्रभावित हुन पुगेको थियो ।

यता चीन भने प्रदर्शनलाई दबाएरै छाड्ने मनस्थिति पालेको देखिन्छ । चीनले शुरुका केही दिनमा प्रदर्शनकारीलाई अन्तर्राष्ट्रिय शक्तिले उचालेको आरोप लगाएको थियो । त्यसपछि चीनले प्रदर्शनकारीलाई दंगाकारीको संज्ञा दिन थाल्यो । पछिल्लो समय चीनले प्रदर्शनकारीहरुलाई आतंककारीको संज्ञा दिएको छ । चीनले प्रदर्शनकारीलाई डर देखाउनका लागि हङकङसँगको सीमामा रहेको सेन्जेन शहरमा सैनिक अभ्यास समेत गरेको थियो ।

चीनको धम्कीका बावजुद हङकङमा जारी प्रदर्शन ११ औं सातामा पुगेको छ । तैपनि प्रदर्शन रोकिने संकेत देखिँदैन । सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेपछि लागू गरिएको ‘एक मुलुक दुई प्रणाली’ को मातहतमा हङकङका वासिन्दालाई प्राप्त स्वतन्त्रतामा विस्तारै क्षय हुँदै गएको भन्ने मनस्थितिका कारण उनीहरुले यत्रो ठूलो स्तरको प्रदर्शनमा सहभागिता जनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

आन्दोलन थप जटिल

११ साताअघि शुरु भएयता प्रदर्शन अभियान विस्तृत, सिर्जनात्मक तथा अधिक लोकतन्त्रका लागि जोड दिँदै थप जटिल र व्यापक बन्दै गएको छ । यसले चिनियाँ राष्ट्रपति सी जिन्पिङका लागि हालसम्मकै सबैभन्दा ठूलो राजनीतिक चुनौती समेत पेश गरेको छ ।

प्रदर्शनकारीले प्रहरीसँग मुसा–बिरालोको खेलजस्तै प्रदर्शनलाई चर्काइरहेका छन् । गत आइतबारको विशाल र्‍याली शान्तिपूर्ण रहे पनि अभियानकर्मीहरुले आगामी दिनमा हिंसात्मक प्रदर्शन हुनसक्ने कुरालाई पनि अस्वीकार गरेका छैनन् ।

प्रदर्शनका क्रममा हाल मुख्यगरी दुई गुट देखिन्छ । पहिलो गुट शान्तिपूर्ण आन्दोलनको पक्षमा देखिन्छ भने दोश्रो गुट अधिक शक्तिको प्रयोग गरी प्रदर्शन गर्नुपर्ने पक्षमा देखिन्छ ।

सन् २०१४ को शान्तिपूर्ण छाता आन्दोलनले ७९ दिनसम्म हङकङको वित्तीय क्षेत्रमा कब्जा जमाएपनि आन्दोलनको प्रमुख उद्देश्य सर्वव्यापी मताधिकार प्राप्त गर्न असफल भएको थियो । त्यसकारण पनि पछिल्लो प्रदर्शनको शुरुबाट नै केही प्रदर्शनकारीहरु प्रदर्शनका क्रममा आक्रमक बन्दै आएको देखिन्छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले प्रहरी चौकी नजिकै अपशब्द प्रयोग गरी चिच्याइरहेका थिए । १७ लाख बढीको सहभागिता रहेको उक्त प्रदर्शनमा सहभागी एक जनाले उनीहरुलाई प्रदर्शन शान्तिपूर्ण हुनुपर्ने भनी सम्झाएका थिए ।

शान्तिपूर्ण प्रदर्शनकारीले हिंसात्मक प्रदर्शनकारीको खुला रुपमा विरोध गर्न अस्वीकार गर्दै आएको र शान्तिपूर्ण प्रदर्शनकारी तथा हिंसात्मक प्रदर्शनकारीबीच एककिसिमको साझेदारी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘अवश्य पनि, धेरै मानिसहरु आउने दिनहरुमा केही हिंसात्मक गतिविधिमा बृद्धि हुनेमा सहमत छन् । उनीहरुले हामीलाई मन नपराउन सक्छन्, उनीहरु हाम्रो साथमा होलान् वा नहोलान्, तर उनीहरु हाम्रो विरोध गर्दैनन् । हामी एकीकृत शक्तिका साथ अघि बढिरहेका छौं ।’ एक प्रदर्शनकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

हिंसात्मक प्रदर्शनका माझ कठोर अनुशासन र सुरक्षाका सन्दर्भमा सतर्कता अपनाएका कारण अभियानको उग्र धारले शान्तिपूर्ण प्रदर्शनकारीको समर्थन प्राप्त गरिरहेको जनाइएको छ ।

यसअघिको छाता आन्दोलन असफल हुनुमा शान्तिपूर्ण प्रदर्शनकारी तथा आन्दोलनमा बल प्रयोग गर्न खुला हुनुपर्ने पक्षबीचको कटुता पनि प्रमुख कारण रहेको निष्कर्ष निकाल्दै यसपटक भने हङकङको विकेन्द्रीकृत प्रदर्शन अभियानले हरेक गुटलाई आ–आफ्नो रणनीति अपनाउन छुट दिएको छ ।

गत आइतबार आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले प्रहरी चौकी नजिकै अपशब्द प्रयोग गरी चिच्याइरहेका थिए । १७ लाख बढीको सहभागिता रहेको उक्त प्रदर्शनमा सहभागी एक जनाले उनीहरुलाई प्रदर्शन शान्तिपूर्ण हुनुपर्ने भनी सम्झाएका थिए । त्यसपछि अपशब्द बोल्ने उनीहरु पछि हटेका थिए ।

‘हामीलाई समर्थन गर्ने शान्तिपूर्ण प्रदर्शनकारीलाई हामी पनि यसरी नै समर्थन गर्दै आएका छौं ।’ २३ वर्षे युवा प्रदर्शनकारी भिक्टरलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ५१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना