पिसाब रोक्दा स्वास्थ्यमा देखिन्छन् यस्ता गम्भीर समस्या « Khabarhub

पिसाब रोक्दा स्वास्थ्यमा देखिन्छन् यस्ता गम्भीर समस्या


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पिसाब रोक्नु भनेको स्वास्थ्यमा गम्भीर रोग बढाउनु हो, त्यसैले पिसाब लागेको महशुस हुँदा तत्काल शौच गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन् ।

पिसाब थैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्‍याउँछ र पिसाब लागेको अनुभव हुन्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण शुरु हुन थाल्छ ।

पसिना जस्तै पिसाबका माध्यमबाट शरीकार अनावश्यक तत्वहरु बाहिर निस्कने हुँदा पिसाब रोक्नु हुँदैन । पिसाब रोक्दा स्वास्थ्यमा के कस्ता समस्या निम्तन्छन् ?

ब्याक्टेरियाको जोखिम

मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । यो मानव स्वास्थ्यका लागि निकै गम्भीर बन्न सक्छ । जति बढी समय तपार्इं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।

संक्रमणको जोखिम

कहिल्यै पनि पिसाब गरिरहेको बेलामा रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई)मा संक्रमण हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

पत्थरी हुने डर

पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाब सम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गयो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकी पिसाबमा युरिया र एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ

यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिन तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।

मिर्गौला फेल

पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ०२ बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र