पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा « Khabarhub

पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताए ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ ।

स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ४२ बजे

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी