एभिसीमा पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दै नेपाल | Khabarhub Khabarhub

एभिसीमा पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दै नेपाल


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दैछ । त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कभर्डहलमा नेपालले अफगानिस्तानसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ ।

समूह बि मा रहेको नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भएको थियो । तर, समूह चरणबाट बाहिरिएका दुवै टोली अफगानिस्तान र नेपाल पाँचौं स्थानका लागि संघर्ष गर्नेछ ।

यसअघि साउन अन्तिममा भएको अफगानिस्तानसँगको मैत्रिपूर्ण खेलमा नेपालले अफगानि टोलीलाई पराजित गरेको थियो । दुई खेलको मैत्रिपूर्ण खेलमा नेपालले दुवै खेल जीतेको थियो भने प्रतियोगिताका दुवै खेलमा हार व्यहोरेको अफगानस्तानलाई पराजित गर्दै प्रतियोगितामा जीत विहीनहुनबाट जोगिनेछ ।

घरमै भएको प्रतियोगितामा नेपाली टोली एभिसीको सेमिफाइनल पुग्नबाट चुक्यो । एभिसी इतिहासमा नेपाल पहिलो पटक समूह चरणबाट शीर्ष चारमा पुग्न सकेन ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ४६ बजे

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक