६ वर्षीया बालिकालाई बलात्कार गर्ने ४५ वर्षीय विकलाई १६ वर्ष जेल सजाय « Khabarhub

६ वर्षीया बालिकालाई बलात्कार गर्ने ४५ वर्षीय विकलाई १६ वर्ष जेल सजाय


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

आफ्नो छिमेकीका छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना