रोजगारीको खोजीमा साउन महिनामा साढे ३२ हजार विदेसिए, ६० को मृत्यु « Khabarhub

रोजगारीको खोजीमा साउन महिनामा साढे ३२ हजार विदेसिए, ६० को मृत्यु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत गरी ३२ हजारभन्दा धेरै नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

साउन महिनामा संस्थागत (म्यानपावर कम्पनी) मार्फत १५ हजार ६ सय १८ जना र व्यक्तिगत १६ हजार ७ सय ९० जना गरी ३२ हजार ४ सय ८ जना विभिन्न देश वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगारी विभागले सार्वजानिक गरेको तंथ्याकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागतभन्दा व्यक्तिगत रुपमा धेरै कामदार कामको खोजीमा विदेशिएको विभागको तंथ्याकमा उल्लेख गरिएको छ ।

साउनमा महिनामा संस्थागतभन्दा व्यक्तिगत १ हजार १ सय ७२ जना धेरै कामको खोजीमा विभिन्न देश श्रम स्वीकृति लिएर गएका छन् ।

साउन महिनामा संस्थागतमार्फत २ हजार ८ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । यस्तै, व्यक्तिगत १ हजार ४ सय ४२ जना महिला विभिन्न देश कामको खोजीमा गएका छन् ।

साउन महिनामा सवै भन्दा धेरै नेपाली रोजगारीको खोजीमा युएई गएको विभागका तंथ्याकमा छ । यो महिनामा ५ हजार ३ सय ९७ जना पुगेका छन् । यस्तै युएईपछि धेरै रोजगारीका खोजीमा नेपाली साउदी अरब गएको विभागको तंथ्याकमा छ । साउदी ३ हजार १ सय ८१ जना साउदी रोजगारीका लागि गएका छन् ।

साउदीपछि धेरैको रोजाइमा मलेसिया परेको छ । मलेसिया साउन महिनामा २ हजार ७ सय १४ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा छ । यस्तै कतार २ हजार २ सय १ जना, कुवेत ९ सय ३८ जना, बहराइन २ सय २९ जना, साइप्रस १ सय ८२ जना, जापान १२ जना, जोर्डन ३ सय ५२ जना, ओमन १ सय ४८ जना, माल्टा १३ जना गरि ३२ हजार ३२ हजार ४ सय ८ जना कामको खोजीमा विदेशीएको विभागको तंथ्याकमा छ ।

विगत सात महिनायता वैदेशिक रोजगारीम जाने संख्या साउन महिनामा न्युन भएको विभागको तंथ्याकले देखाएको छ । गत वर्ष वैदेशिक रोजगारीमा ५ लाख ८८ हजार २८ जना गएका विभागको तंथ्याकमा छ ।

६० जनाको मृत्यु

साउन महिना वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा ६० जना ज्यान गुमाएका छन् । ५८ जना पुरुष र २ जना महिला गरी ६० जनाले रोजगारदाता देशमा कार्यक्षेत्रमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयको तंथ्याकमा उल्लेख छ ।

साउन महिनामा सबै भन्दा धेरै मलेसियामा १७ जनाले ज्यान गुमाएका छन् । मलेसियापछि साउदीमा एक महिला र १३ जना पुरुष गरी १४ जनाले ज्यान गुमाएका छन् । यस्तै कतारमा ८, युएईमा १० जना पुरुष र १ जना महिला गरी ११ जना, ओमनमा २ जना, कुवेतमा ४ जना, दक्षिण कोरियामा २ जना, बहराइनमा १ जना गरी ६० जनाको मृत्यु भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : ४४ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने