केही स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

केही स्थानमा भारी वर्षाको सम्भावना


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् पौडेलले भने ।

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जन, हावाहुरी र चट्याङ वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन÷चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत