'पलसँग प्रेम थिएन, उदिपसँग साथीभन्दा माथिको सम्बन्ध छ' | Khabarhub Khabarhub

‘पलसँग प्रेम थिएन, उदिपसँग साथीभन्दा माथिको सम्बन्ध छ’




अभिनेत्री आँचल शर्मा अभिनित चलचित्र ‘दाल भात तरकारी’ ले हलमा ५१ औँ दिन मनायो । संयोग नै भन्नुपर्छ, उनको समेत अभिनय रहेको अर्को चलचित्र ‘शत्रु गते’ ले पनि ५१ औँ दिन मनाउन सफल भएको थियो । तर, यी दुवै चलचित्रबाट आँचलले खासै तारिफ पाइनन् ।

यतिबेला भने उनी अभिनयलाई भन्दा पढाइलाई समय दिइरहेकी छिन् । परीक्षापछि लगत्तै उनी चलचित्र ‘झिँगे दाउ’ को शूटिङमा व्यस्त हुनुपर्नेछ । भन्छिन्, ‘अहिले भने पढाइमै व्यस्त छु, यत्रो एक वर्ष पढेकै छैन नि त ।’

परीक्षाकै लागि उनले पढाइमा ध्यान दिएको आँचल बताउँछिन् । उनी स्नातकोत्तरमा जेन्डर स्टडी विषय लिएर पहिलो वर्ष अध्ययन गरिरहेकी छिन् ।

तस्वीर: अर्घेलो थापा

यता आँचल परीक्षाको तयारीमा रहँदा फ्यानले पल शाहलाई धोका दिएको भन्दै गुनासो गर्न थालेका छन् । कतिले त उनलाई ‘धोकेबाज’ भन्दै गाली गरिरहेका छन । आँचल भन्छिन्, ‘मेरो पल जीसँग प्रेम नै थिएन, कतिपय दर्शकलाई त्यस्तो लागेको रहेछ ।’

त्यसो त पल र आँचलको नाम जोडिएको लामो समय भइसक्यो । यी दुईले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरे । फिल्ममा समेत सँगै काम गरेपछि फ्यानलाई वास्तविक जोडी लाग्नु नौलो होइन । यता मिडियामा पल र आँचलको जोडी ‘हट केक’ बन्यो ।

‘पल जी र म प्रेममा थियौँ भनेर हामी दुवैले कहिल्यै स्वीकारेनौँ, न त हामी प्रेममा नै थियौँ, तर दर्शकलाई के लाग्यो भने हामी साँच्चिकै प्रेममा थियौँ,’ आँचलले सुनाइन्, ‘पल जीसँगको सम्बन्ध अहिले पनि उत्तिकै राम्रो छ, हामीले कस्तो राम्रो अभिनय गरेका रहेछौँ त, दर्शकले स्किृनमा देख्नुभएको मायालाई वास्तविक जीवनमा पनि जोडेर हेरिदिनुभयो ।’

यसलाई उनले एक खाले उपलब्धीका रुपमा लिएको बताउँछिन् । ‘मैले भनेकै छु नि, पल जी फिल्म क्षेत्रको पहिलो साथी पनि हो, गार्जेन पनि हो,’ उनी सुनाउँछिन् ।

एक म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा ।

त्यसो त पल र आँचलको नाम जोडेर फ्यानले पनि कैयन् पोस्ट गरेका हुन्छन् । त्यसैले त पलका फ्यानहरुले आँचलले पललाई धोका दिएको भन्ने आरोप समेत लगाएका छन् । तर आँचल भने पल र आँचल कहिल्यै पनि प्रेममा नरहेको दाबी गर्छिन् ।

‘उहाँ मेरो अभिभावकजस्तै हो, उहाँको पारिवारिक भेटघाटमा पनि म पुगेकी हुन्छु, उहाँ पनि मेरो घरमा आउनुहुन्छ, हामीबीच त्यति नजिकको सम्बन्ध छ,’ उनले अगाडि थपिन्, ‘तर, हामी यति नजिक छौँ भन्नेको अर्थ प्रेममा छौँ भन्ने होइन, उहाँसँग म सधै सम्मानका साथ नजिक हुन्छु ।’

आँचलले पललाई आफ्नो परिवारले पनि विश्वासका साथ हेरेको बताइन् । साथीका रुपमा पल एकदमै बुझ्ने भए पनि भविष्यमा बिहे गर्ने गरी आफू नजिक नभएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सबैसँग प्रेम हुन्छ भन्ने छैन नि ।’

‘कति दर्शकले त मलाई धोका दिएको पनि भन्नुहुन्छ, तर त्यस्तो होइन, हामी अहिले पनि उत्तिकै मिल्ने साथी छौँ,’ उनले अगाडि सुनाइन्, ‘सबैको बुझाइ एउटै हुँदैन, कसैलाई पल जी र म प्रेमी प्रेमिका जस्तो पनि लाग्छ होला, उहाँहरुले त्यही बुझ्नुभएको थियो शायद ।’

प्रेमका बारेमा खासै खुलेर नबोल्ने र पलसँगको सम्बन्धका बारेमा त झन् सधै साथी भन्ने आँचलले अहिले भने आफ्नो सम्बन्धका बारेमा खुलेर बोल्न थालेकी छिन् ।

उदिप श्रेष्ठ र आँचल शर्मा । तस्वीर: सामाजिक सञ्जाल ।

पेशाले डाक्टर उदिप श्रेष्ठसँग उनी प्रेममा रहेको संकेत गर्छिन् । तर, उनी यो सम्बन्धलाई प्रेमभन्दा पनि ‘साथीभन्दा माथि’ को सम्बन्धका रुपमा चिनाउन चाहन्छिन् ।

‘उदिप जीलाई मैले चिनेको ३ वर्ष भयो, फेसबूकमा एकजना दाइको साथी भएका कारण हाम्रो चिनजान भएको थियो,’ आँचलले खबरहबसँगको कुराकानीमा भनिन्, ‘हामी बढी नजिक भएको चाहिँ एक वर्ष मात्र भयो ।’

उनका अनुसार उदिप र आँचलको भेट सामाजिक सञ्जालमार्फत भएको थियो । सन् २०१६ बाटै चिनजान भएको थियो ।

‘उहाँ एकदमै जेन्टल मान्छे हुनुहुन्छ, कामलाई बुझ्ने र कामप्रति उत्प्रेरणा दिने उहाँको स्वभाव राम्रो लाग्छ,’ उनले उदिपको तारिफ गर्दै भनिन् ।

आँचल शर्मा । तस्वीर: इन्स्टाग्राम ।

आँचल उदिपसँगको सम्बन्धलाई लिएर परिवार पनि सकारात्मक रहेको बताउँछिन् । आफूलाई परिवारले सधै सहयोग गरेको र उदिपसँगको विषयमा पनि परिवार सधै सकारात्मक रहेको उनी बताउँछिन् ।

‘परिवारसँगै सल्लाह नगरी त किन इन्स्टाग्राममा उहाँको तस्वीर शेयर गरिन्थ्यो होला र हैन र?,’ उनले हाँस्दै सुनाइन्, ‘मेरो निर्णयमा परिवारको साथ छ, बुबाले त मलाई सधै राम्रो गर, म तिम्रो पक्षमा छु भन्नुहुन्छ, म प्रायः सबै कुरालाई बुबालाई शेयर गरिरहेकी हुन्छु ।’

उदिपलाई आफूले नजिकबाट चिनेको र उनले पनि आफूलाई खुबै ख्याल गर्ने गरेको आँचल बताउँछिन् । भविष्यमा बिहे नै गर्नेबारेमा भने आँचल अहिले कुनै जवाफ दिन चाहन्निन् । भन्छिन्, ‘अहिले नै प्रेम नै त छ भन्दिनँ तर हो, उहाँसँग साथीभन्दा माथिको सम्बन्ध छ, भविष्य त अहिले नै कहाँ भन्न सकिन्छ र?’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ३ : २८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द