सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला « Khabarhub

सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघीयतामाथि खतरा बढेको बताएका छन्।

केही दिन अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई लक्षित गर्दै डा कोइरालाले भने, ‘पूर्व राजा र विप्लव समूहबाट गणतन्त्रमाथी खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ, यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पूर्व राजा र विप्लव समूहबाट ? खतरा त तपाईहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’

विप्लव समूहसँग वार्ता गरेर राजनीतिक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउँदै डा कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीतिक यथास्थिति र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा शेखरले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यस्थाको विकल्प खोज्नेतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी समेत दिए।

मन्चमा रहेका कम्युनिष्ट नेताहरुप्रति लक्षित गर्दै कोइरालाले भने, ‘संसदीय व्यवस्था विरुद्धको लडाईमा लाग्नुहून्छ भने यो व्यवस्था जोगाउँन हामी जस्तोसुकै लडाई लड्न पनि तयार छौं ।’

कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्माले मानव अधिकारको अवस्था अत्यन्तै नाजूक रहेको बताए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, पूर्व सांसद एकराज भण्डारी, पत्रकार एवं वाम विष्लेषक नरेन्द्रजंग पिटर लगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : १० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी