राप्रपा संयुक्तको केन्द्रीय कार्यसमिति बैठक भदौ १९ र २० गते « Khabarhub

राप्रपा संयुक्तको केन्द्रीय कार्यसमिति बैठक भदौ १९ र २० गते


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त)को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त वैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।

पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने वैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

प्रवक्ता सगनु सुन्दर लावतीले जनाए अनुसार, वैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ । आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ ।

राप्रपा (संयुक्त) ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ । संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिवद्ध छ ।

विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को वैठक महत्वपूर्ण रहने अपेक्षा छ । वैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा सम्पन्न हुनेछ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्य समितिको बैठक हो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : १४ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको