चेम्बरको तीज व्यापार मेला शुरु « Khabarhub

चेम्बरको तीज व्यापार मेला शुरु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आजदेखि शुरु भएको छ ।

राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा तीज व्यापार मेला शुरु भएको हो । दुई दिने व्यापार मेलाको प्रदेश ३ सांसद एंव पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् ।

उनले महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि महिला चेम्बरले सहयोग गर्नुपर्ने बताइन् । उनले महिलाहरुले पनि आफू उद्यममा लाग्न आफै क्रियाशील हुनुपर्ने बताइन् ।

उद्घाटन कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरले गरेको कार्यले महिला तथा उद्योमीको लागि थप भूमिका खेलेकोमा जोड दिए । उनले यस्तो मेलाले महिलामा थप ऊर्जा मिल्ने अपेक्षा गरे ।

कार्यक्रममा महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्र्मिला श्रेष्ठले महिला शसक्तिकरणका लागि यो दोस्रो मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता रहेको छ ।

मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण रहेको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ११ बजे

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५