फेसबुक र ट्वीटर नेपालमा दर्ता हुन आएनन् भने, ‘के सरकारले बन्द गरिदिन्छ?’ « Khabarhub

फेसबुक र ट्वीटर नेपालमा दर्ता हुन आएनन् भने, ‘के सरकारले बन्द गरिदिन्छ?’


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको नियमन र व्यवस्थापन गर्न भन्दै सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्यायो । विधेयकमा सामाजिक सञ्जाल र त्यसमा हुने सामग्रीलाई नियन्त्रण गर्न सकिने प्रशस्त प्रावधान पनि छन् । सामाजिक सञ्जालबाट विज्ञापनका नाममा बर्षेनी अर्बौ रकम बाहिर गइरहेको र यसलाई नेपालमै दर्ता गराइ राजस्व संकलनको आधार बढाउन सकिने तर्क पनि धेरैको छ ।

तर, सामाजिक सञ्जालमा अंकुश लगाउने गरी सरकारले यो विधेयक ल्याएको आरोप लगाउने पनि छन् । हिजो (शुक्रबार) प्रतिनिधिसभाबाट पारित भएको यो विधेयकका विषयमाथि भएको छलफलमा बोल्दै कांग्रेस सांसद गगन थापाले यो प्रावधानको नियतमाथि शंका गरे ।

‘सरकारले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने व्यवस्था विधेयकमा राखेको छ, तर दर्ता हुन आएनन भने, के हुन्छ?’ थापाले प्रश्न गर्दै भने, ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो?’ यस्तो प्रावधान सरकारले सामाजिक सञ्जाल बन्द गराउने नियमतले राखेको आरोपसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

जग्गा सरकारको, लालपुर्जा हयात होटलको शीर्षकको अर्को समाचारमा तारागाउँ विकास समितिको गलत निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटको नाममा दर्ता भएको भेटिएको छ । २०४९ सालमा सरकारले भोगाधिकारका लागि स्वीकृत दिएको जग्गा समितिले राजीनामा पास गरी दिने निर्णय गरेको हो । सरकारी जग्गा कुनै पनि व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन ।

त्यस्तै ललितपुरको नख्खुस्थित एनसेल गेटमा विस्फोट भएको, तीनजना घाइते भएको, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंग्याउन बनेको कार्यदल भंग भएकोलगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : २० बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा