सिमानामा बाँध बनाउँदै भारत, १३ सय नेपाली परिवार डुबानको जोखिममा | Khabarhub Khabarhub

सिमानामा बाँध बनाउँदै भारत, १३ सय नेपाली परिवार डुबानको जोखिममा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय पक्षले कैलालीको कैलारी गाउँपालिकाको ३,५ र ७ वडाको सीमामा ड्याम निर्माणको काम थालेको छ । सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि नेपाली भूभागमा रहेका १३ सय बढी नेपाली घरधुरी डुबानमा पर्ने अवस्था रहेको नागरिक दैनिकमा खबर छ । प्रत्येक वर्ष वर्षातमा डुबान पर्ने यो क्षेत्रमा भारतीय पक्षले बाँध बनाएपछि त्यसको प्रकोप झन बढ्ने देखिएको हो ।

त्यस्तै रोजगारीका लागि मलेसिया पुगेका २ सय बढी नेपाली मलेसियाली जेलमा परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका उनीहरु अवैध बसाइ तथा व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ ।

अध्यागमनमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप शीर्षकमा प्रधानमन्त्रीका सल्लाहकारलाई नै सफ्टवेयर बनाउने जिम्मेवारी दिएपछि हस्तक्षेप शुरु भएको हो । त्रिभुवन विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न अध्यागमन प्रणाली सफ्टवेयर निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको एफवान सफ्ट र त्यसअन्तर्गतको इ सेवामा कार्यरत व्यक्तिलाई दिइएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : ४८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित