परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज शनिबार जेनेभा जाँदै छन्। परराष्ट्रमन्त्री नेतृत्वको टोली साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

परिषद्को ४० औं बैठक यही फागुन १३ गतेदेखि शुरु हुनेछ । मन्त्री ज्ञवालीले परिषदको बैठकलाई १४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

मन्त्री ज्ञवाली नेतृत्वको टोली फागुन १६ गते स्वदेश फर्कनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : ०७ बजे

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काठमाडौं– सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर

काठमाडौं– बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ

इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा

एजेन्सी– इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत

ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन्

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेट : महानगर र प्रहरीको सहकार्य बलियो बनाइने 

काठमाडौं– सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका