बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर « Khabarhub

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ ।  

उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको हो । फुटपाथ खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले डोजर चलाएर फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।

अभियान अन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ । निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो । फुटपाथ खाली गरिएसंगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । 

यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

साथै, शहरको सौन्दर्य वृद्धि भई पर्यटक आकर्षण बढ्ने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । तर फुटपाथ व्यवसायीहरुले भने बैकल्पिक स्थान दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १२ : ३३ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको