नख्खु विष्फोटका घाइते सिंहप्रसादको निधन | Khabarhub Khabarhub

नख्खु विष्फोटका घाइते सिंहप्रसादको निधन


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ ।

ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा ३ जना घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका सिंहप्रसाद गुरुङको भने उपचारका क्रममा मृत्यु भएको छ ।

उनको मेडिसिटी अस्पताल लगिएको थियो । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको छ। त्यस्तै आयुषा मानन्धरको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : ५१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार