राजपाले कार्यकर्ताको मनोभावना बुझेर पार्टीको कार्यदिशा बनाउने | Khabarhub Khabarhub

राजपाले कार्यकर्ताको मनोभावना बुझेर पार्टीको कार्यदिशा बनाउने


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पार्टी पार्टीको आगामी कार्यदिशा बनाउन छलफलमा जुटेको छ । राजपाको केन्द्रीय अध्यक्ष मण्डल यतिबेला जनकपुर पुगेका २ नम्बर प्रदेश सरकारले गरेको काम, स्थानीय सरकारबाट भएका प्रगति र आम कार्यकर्ताको धारणा लिने क्रममा रहेको अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले खबरहवलाई जानकारी दिए ।

बैठकमा २ नम्बर प्रदेशको प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्ने नै जनकपुर बैठकको उद्देश्य रहेको यादवले बताए । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । जहाँ राजपाले ३ मन्त्रालय पाएको छ ।

शुक्रबारदेखि शुरु भएको बैठकमा प्रदेश सरकारले गरेको कामको समीक्षा गरेको र मन्त्रीहरुले कार्यका विषयमा छलफल गरिएको यादबले बताए । उनले भने, ‘हामीले हिजो प्रदेश सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्‍यौ । आज स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं ।’

बैठकमै रहेका यादबले आइतबारसम्मको छलफलमा समग्रपार्टी सञ्चालनका लागि चाहिने कार्यदिशा बनाइने बताए । उनले भने, ‘हामी जनताको मनोभावना बुझेर पार्टीलाई कसरी अघि लैजाने भन्ने योजनामा छौं । कार्यकर्ताको मनोभावना अनुसार पार्टीको आगामी कार्यदिशा बन्नेछ ।’

बैठकमा पार्टीको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ०५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित