काठमाडौंमा राँगोको आक्रमण : ७० वर्षका मानवीरको मृत्यु « Khabarhub

काठमाडौंमा राँगोको आक्रमण : ७० वर्षका मानवीरको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाको मच्छेगाउमा आज (शनिबार) बिहानै राँगोले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कुमारविक्रम थापाका अनुसार राँगोको आक्रमणमा ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।

बिहानै घरबाट बाहिर निस्किएका महर्जनलाई सडकमा आतंक मच्चाउँदै हिडेको राँगोले आक्रमण गरेको थियो । आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेट्दै दहचोक पुर्‍याएर गोली हानी मारेको छ ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले राँगो नियन्त्रणमा लिने प्रयास गरेपनि नसकेपछि राँगोमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र