नेपाली टोली मनिपुरसँग भिड्दै « Khabarhub

नेपाली टोली मनिपुरसँग भिड्दै


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिपमा आफ्नो तेस्रो खेल मनिपुरसँग खेल्दैछ । शनिबार गुवाहाटीस्थित साई रंगशालामा हुने खेलमा एन्फा टोली दोस्रो जितको लक्ष्यमा रहेको छ ।

‘हाम्रो टिम सेट भइसकेको छ । आजको खेलमा जित्दै सेमिफाइनल यात्रा सहज बनाउने छौं,’ टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,’त्रिपुरामाथि जित हात पारिसकेपछि खेलाडी उच्च मनोवलमा रहेका छन् । त्यसैले पनि आजको खेलमा विपक्षी टोलीलाई रोक्न केही सहज हुनेछ । हामीले योजनाबद्ध रुपमा खेल्नु पर्छ ।’

पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको नेपालले दोस्रो खेलमा त्रिपुराविरुद्ध ८-० को शानदार जित हात पारेको हो । जितमा एन्फा टोलीका स्टार अभिषेक रिजाल एक्लैले ४ गोल गरेभने प्रिजेन तामाङले २ तथा रेजिन सुब्बा र धिरज श्रेष्ठले समान एक-एक गोल गरेका थिए ।

प्राविधिक टेलीले पहिलो खेलमा भन्दा दोस्रो खेलमा २ जना खेलाड परिवर्तन गरेके थियो । जसमा गोलकिपर सोजित गुरुङ र फरवार्ड राजिव लोप्चनलाई परिवर्तन गरि उनीहरुको स्थानमा गोलकिपरमा विष्णु कुमार केसी र फरवार्डमा प्रिजन तामाङले स्थान बनाएका थिए ।

तर, आजको खेलमा त्रिपुराविरुद्धको खेलका ११ जनाले स्थान पाउँछन् वा खेलाडी परिवर्तन हुनछन् ? मनिपुरविरुद्धको खेल नेपाली समयअनुसार पौने ५ बजे सुरुहुनेछ ।

२ खेल खेलेको नेपालले एक खेलमात्रै जितेपछि ३ अंक रहेको छ भने ३ खेल खेलेको मनिपुरले २ खेलमा जित निकालेसँगै ३ अंक छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ५८ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल