सांसद वलीको दाहसंस्कारमा नेताहरु भक्कानिए | Khabarhub Khabarhub

सांसद वलीको दाहसंस्कारमा नेताहरु भक्कानिए


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शनिबार दाहसंस्कार गरिएको छ ।
दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो ।

सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायत नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वलीको निधनले प्रदेश सरकारलाई अपूरणीय क्षति भएको बताउँदै दाङको पश्चिम क्षेत्रको विकासका लागि उनले खेलेको योगदान महत्वपूर्ण रहेको स्मरण गरे ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा भएको दुर्घटनामा उनी गम्मीर घाइते भएका थिए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले वलीको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शुक्रबार नै हेलिकप्टरमार्फत वलीको पार्थिव शरीरलाई गृह जिल्ला दाङ लगिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : ४८ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार