सांसद वलीको दाहसंस्कारमा नेताहरु भक्कानिए « Khabarhub

सांसद वलीको दाहसंस्कारमा नेताहरु भक्कानिए


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शनिबार दाहसंस्कार गरिएको छ ।
दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो ।

सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायत नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वलीको निधनले प्रदेश सरकारलाई अपूरणीय क्षति भएको बताउँदै दाङको पश्चिम क्षेत्रको विकासका लागि उनले खेलेको योगदान महत्वपूर्ण रहेको स्मरण गरे ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा भएको दुर्घटनामा उनी गम्मीर घाइते भएका थिए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले वलीको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शुक्रबार नै हेलिकप्टरमार्फत वलीको पार्थिव शरीरलाई गृह जिल्ला दाङ लगिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले