विवेकशील साझाको प्रदेश १ संयोजक छानिए अनिल भेटवाल « Khabarhub

विवेकशील साझाको प्रदेश १ संयोजक छानिए अनिल भेटवाल


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवेकशील साझा पार्टीले प्रदेश १ संयोजक चयन गरेको छ । आज (शनिबार) विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच झापाका उद्यमी अनिल भेटवाललाई प्रदेश १ संयोजकका रुपमा सार्वजनिक गरिएको हो । उनलाई माटोको टिका लगाएर प्रदेश नं १ को संयोजक घोषणा गरिएको विवेकशिलले जनाएको छ ।

विवेकशीलका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सुर्यराज आचार्यसहित अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा भेटवाललाई प्रदेश संयोजकका रुपमा नाम सार्वजनिक गरिएको थियो।

सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताए ।

विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयोजकमा क्रमश: समीक्षा बास्कोटा, महेश भण्डारी, अनुपमान सैँजु, गेहेन्द्रप्रसाद दहाल र गोपाल हमाललाई चयन गरिसकेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : ३८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती