भेनेजुएलामा गाउँलेमाथि प्रहरीले गोली चलायो, दुईको मृत्यु | Khabarhub Khabarhub

भेनेजुएलामा गाउँलेमाथि प्रहरीले गोली चलायो, दुईको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलको सीमानजिक भेनेजुएलामा प्रहरीले गोली चलाउँदा दुई स्थानीय गाउँलेको मृत्यु भएको छ ।

सहायताका लागि भन्दै भेनेजुएलाका विपक्षीको अग्रसरतामा ब्राजिलबाट भेनेजुएलामा भित्र्याउन लागिएको सामग्री रोक्नका लागि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले चलाएको गोली लागी अरु १५ जना घाइते भएको अधिकारीले जनाएका छन् । गाउँका स्थानीयबासीले प्रहरीले निर्दोष गाउँलेको हत्या गरेको आरोप लगाएका छन् । तर, भेनेजुएलाका अधिकारीले भने प्रहरीको काममा बाधा पु¥याउन हिंसात्मक बनेर आएको समूहमाथि कारवाही गरेको जनाएका छन् ।

नेजुएलामा आर्थिक संकट चर्किएको भन्दै विपक्षीको अग्रसरतामा अमेरिकालगायत ल्याटिन अमेरिकी मुलुकले त्यहाँ ब्राजिल, कोलम्बिया लगायतका मुलुकको सीमाबाट सहायता सामग्री भित्र्याउन खोजीरहेका छन् ।

भेनेजुएलाको सरकारले भने सहायताका नाममा विदेशी तत्वले मुलुलकमा घुसपैठ गर्न खोजेको अरोप लगाउँदै आएको छ ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई मुलुकको राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चर्किएको छ । गुआइदोलाई अमेरिकासहित युरोपेली तथा ल्याटिन अमेरिकी मुलुकहरुले राष्ट्रपतिको मान्यता दिएका छन् भने निकोलस मादुरोको सरकारलाई रुस, चीन, क्युबा, बोलिभियालगायतका मुलुकको साथ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ४ : ३० बजे

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद