पदको दुरुपयोग गर्नेलाई सजाय दिनुपर्छ– नेता नेपाल | Khabarhub Khabarhub

पदको दुरुपयोग गर्नेलाई सजाय दिनुपर्छ– नेता नेपाल


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन आवश्यक भएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेता नेपालले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेता नेपालले भने “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कुरा रहेन ।” कम बोल्ने अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताउँदै उने भने “राज्यबाट विषयवस्तुको अध्ययन, अनुन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ ।”

विना मेहनत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहजरूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न नसक्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : ५७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले