लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज « Khabarhub

लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले ‘डाक्टर टी आओ’ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै ६ अंकका साथ सेमिफाइलनको यात्रा सहज बनाएको छ ।

पहिलो खेलमा मेघालयसँग पराजित  नेपाली टोलीले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै अंक तालिकामा ६ अंक बनाएको हो । शनिबार भएको मणिपुरविरुद्धको खेलमा नेपाल ३–१ गोल अन्तरले विजयी भयो ।

एसएआइ स्टेडियममा भएको खेलमा नेपालको जितका लागि खेलको १९ औं मिनेटमा  अभिषेक रिजालले खाता खोले । त्यस्तै खेलको ३० औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–० को स्थितिमा पुर्‍याए ।

पहिलो हाफ २–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा एक गोल गर्दै ३–१ को जित निकालेको हो । खेलको ५४ मिनेटमा मणिपुरका लागि सोङ्पु सिंगितले एक गोल फर्काएका थिए ।

निकै नै रोमाञ्चक बनेको खेलमा ७८ औं मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै अभिषकले बललाई जाली चुमाउँदै ह्याट्रिक पुरा गरे । खेलको म्यानअफदि म्याच पनि अभिषेक नै बने ।

शनिबारको खेलमा जित हात पारेपछि टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,’ ‘मणिपुरविरुद्धको खेलमा जित हात पारेसँगै नेपाली टोलीमा थप हौसला मिलेको छ, आगामी खेलमा पनि जित हात पार्दै उपाधि चुम्नेछौं ।’

पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको नेपाल दोस्रो खेलमा त्रिपुराविरुद्ध ८-० ले विजयी भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : १२ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।