गन्तव्य भियतनाम:  किम जोङ उनको दुई दिने रेल यात्रा शुरु « Khabarhub

गन्तव्य भियतनाम:  किम जोङ उनको दुई दिने रेल यात्रा शुरु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ता गर्नका लागि भियतनाम भ्रमणमा जान रेलयात्रा शुरु गरेका छन् ।

रुसी समाचार संस्था तासले जनाएअनुसार सर्वोच्च नेता किमले शनिबार स्थानीय अनुसार बेलुकी ५ बजे भियतनाम जानका लागि राजधानी प्योङयाङबाट उच्च सुरक्षासहितको रेल चढेका हुन् । उनी चीनको बाटो भएर भियतनाम जाने जनाइएको छ ।

उनी दुई दिनको भ्रमणपछि भियतनाम पुग्नेछन् । उनले त्यहाँ आगामी २७ र २८ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि भियतनामको विदेश मन्त्रालयले उत्तर कोरियाली सर्वोच्च नेता भियतनाम आउन लागेको औपचारिक घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : १९ बजे

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ