अन्तत: भत्काइयो पाब्लो इस्कोबार बसेको घर « Khabarhub

अन्तत: भत्काइयो पाब्लो इस्कोबार बसेको घर


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबारको घर भत्काइएको छ । कोलम्बियाको मेडेलिन शहरमा रहेको इस्कोबारको ‘मोनाको’ नामक घर भत्काइएको हो ।

१९८० को दशकमा इस्कोबार बसेको त्यस घर पछिल्ला केही समययता पर्यटकीय गन्तव्यको रुपमा विकसित भएपछि शुक्रबार त्यस घरलाई नियन्त्रित विष्फोटनबाट भत्काइएको मेडेलिन शहरका मेयरले जनाएका छन् । ८ तले घर रहेको स्थानमा अब पार्क बनाइने अधिकारीले जनाएका छन् ।

त्यस क्षेत्रका शहरका दुई लागूऔषध तस्करहरु मेडेलिन कार्टेल र काली कार्टेलबीच द्वन्द्वको समयमा काली कार्टेलले सन् १९८७ मा त्यस घरमा कार बम विष्फोट गराएको थियो । त्यतिबेला भएको शक्तिशाली कार बम विष्फोटले पनि त्यस घरमा क्षति पुर्‍याउन सकेको थिएन ।

पछिल्लो समय त्यस घरलाई हेर्नका लागि वर्षेनी हजारौँ लागुऔषध दुव्र्यसनी पर्यटकका रुपमा आउने गरेको बताइन्छ । पाब्लो इस्कोबार सन् १९९३ मा अमेरिकी तथा कोलम्बियाका विशेष फौजको कारवाहीमा मारिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : २२ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको