नाइजेरिया चुनावः मतदान सम्पन्न « Khabarhub

नाइजेरिया चुनावः मतदान सम्पन्न


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकी मुलुक नाइजेरियामा शनिबार राष्ट्रपतीय तथा संसदीय निर्वाचनका लागि मतदान भएको छ । राष्ट्रपतीय निर्वाचनका लागि ७० जनाभन्दा धेरैले उम्मेद्वारी दिएका छन् । यद्यपि चुनावमा वर्तमान राष्ट्रपति मुहमदु बुहारी र अतिको अबुबकरबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।

निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्र तय गरिएका थिए । निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता ढिलो गरी यो साताको शनिबार मतदान भएको हो ।

राष्ट्रपतीय निर्वाचन बाहेक संसदीय निर्वाचनका लागि पनि शनिबार नै मतदान भएको हो । यो निर्वाचनबाट तल्लो सदन प्रतिनिधि सभाका लागि ३ सय ६० तथा माथिल्लो सदन सिनेटका लागि १ सय ९ जना सांसद चुनिने छन् ।

संसदीय निर्वाचनमा ६५ सयले उम्मद्वारी दिएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार बर्षका लागि चुनिने छन् ।
कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो । चुनावको अन्तिम नतिजा आगामी साता आउने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ३० बजे

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच