कमल थापा नेतृत्वको राप्रपा छाडे महामन्त्रीसहित २२ नेताले « Khabarhub

कमल थापा नेतृत्वको राप्रपा छाडे महामन्त्रीसहित २२ नेताले


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाका २२ जना नेताले एकैपटक पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसहित १४ जना केन्द्रीय सदस्य र बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायमा रहेकाहरु रहेको  महामन्त्री चन्दले दाबी गरे ।

विगतदेखि नै तीनवटै राप्रपा एक हुनुपर्ने बताउँदै आएका महामन्त्री चन्दले सो प्रयास सफल हुन नसकेपछि पार्टी परित्याग गरेको बताए ।

पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की लगायत छन् ।

पार्टी परित्याग गरेकाहरु राप्रपा संयुक्तमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त बनेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : ४१ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब