यमुना घाटमा प्रवासी चराको चहलपहल (तस्बिर) « Khabarhub

यमुना घाटमा प्रवासी चराको चहलपहल (तस्बिर)


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ ।

साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने पाहुना चराहरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक बनेको छ ।

न्यानो मौसम र पर्याप्त आहारको खोजीमा अक्टोबर–नोभेम्बरदेखि भारत आउने यी चराहरू जाडोयाम बिताएपछि मार्चसम्म पुनः आफ्नो प्रजनन क्षेत्रतर्फ फर्कन्छन्।

बिहानीपख उदाउँदो सूर्यको सुनौलो किरण, नदीमाथि फैलिएको हुस्सु र आकाशमा बथान बनाएर उडिरहेका चराहरूले पर्यटक तथा प्रकृतिप्रेमीको ध्यान खिच्ने गरेका छन् ।

यमुना किनारमा साइबेरियन सिगल (ब्ल्याक हेडेड गल र पल्लास गल) तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन् । यस्तै, चखेवा (रुडी शेल्डक), नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड गुजजस्ता विभिन्न प्रजातिका हाँस तथा जङ्गली राजहाँस पनि दिल्लीका नदी तथा सिमसार क्षेत्रमा देख्न सकिन्छ ।

तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ९ : ३८ बजे

यमुना घाटमा प्रवासी चराको चहलपहल (तस्बिर)

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न

काठमाडौँ उपत्यकामा मात्रै ६७५ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक ५ घण्टा बन्द

दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आठ