घरेलु मैदानमा लिभरपुलसँग हार्‍यो चेल्सी « Khabarhub

घरेलु मैदानमा लिभरपुलसँग हार्‍यो चेल्सी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत गएराति भएको खेलमा लिभरपुलसँग लण्डन क्लब चेल्सी पराजित भएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले २–१ को जित निकालेको हो ।

खेलको १४ औ मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो । रोबर्टो फिर्मिन्होले ३० औ मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ७१ औ मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो ।

चेल्सीविरुद्ध जित निकाल्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।

लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । चेल्सी ८ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग ५ अंक र चेल्सीसंग १० अंकको अग्रता बनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ४३ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)