खाना खाने वित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस् « Khabarhub

खाना खाने वित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस्


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले असोजको महिना छ, न त धेरै गर्मी छ न त धेरै जाडो । यो मौसममा अधिकाशंलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ ।

कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि अधिकाशंको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

हुनत चिकित्सकहरु बेलुकी समेत खाना खाने बित्तिकै नसुत्न सल्लाह दिन्छन् । खाना खाए लगत्तै सुत्ने गर्दा यसले पाचन प्रक्रियामा समस्या सिर्जना गर्ने चिकित्सकको भनाइ छ ।

खाना खाने बित्तिकै हरेकलाई निन्द्रा लाग्छ भन्ने हुदैन । तर अधिकाशं मानिसलाई खाना खाने बित्तिकै निन्द्रा लाग्छ, यस्तो बानिलाई ‘फुड कोमा’ भनिन्छ ।

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?

खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्याउछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफुले खादै गरेको खानाको बारेमा जानकारी राख्नुपर्दछ । यसरी निन्द्रा लाग्ने बानीबाट बच्न खानाको मात्रामा पनि ध्यान पुर्याउनुपर्छ ।

एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुदैन । डाइटमा समेत ध्यान पुर्याउनु पर्छ । खाना खाएपछि सकेसम्म सुत्ने वा आरमसंग बस्ने गर्नुहुदैन । बरु एकछिन हिडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम हुन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : ४३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल