जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई « Khabarhub

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गरिनुलाई सकारात्मक कदमका रूपमा टिप्पणी गरेका छन् । सुशीला कार्की नेतृत्वको कामचलाउ सरकारले आफ्नो कार्यकालको अन्तिम समयमा ९०७ पृष्ठ लामो उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रतिवेदनले घटनाको भित्री पाटो र राज्य संयन्त्रको कमजोरीलाई उजागर गरेको बताएका छन् । उनले प्रतिवेदनको विस्तृत अध्ययनपछि भदौ २३ को घटनामा तत्कालीन सरकारको गम्भीर गल्ती देखिएको र ‘टीओबी’ (TOB) समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको उल्लेख गरेका छन् ।

भट्टराईका अनुसार प्रतिवेदनले भदौ २४ गते राज्यका सबै अंग पूर्ण रूपमा असफल भएको तथ्यलाई पुष्टि गरेको छ । “विशेष गरी ‘युथ एगेन्स्ट करप्सन’, ‘युवा हब’ र ‘हामी नेपाल’ जस्ता संस्थाले भदौ २२ गतेदेखि नै ‘डिस्कोर्ड’ मार्फत हिंसाको तयारी गरेको विस्तृत विवरण प्रतिवेदनमा छ,” उनले भनेका छन् । सो कार्यमा सुदन गुरुङको भूमिकालाई आयोगले विशेष महत्त्वका साथ उल्लेख गरेको भट्टराईको दाबी छ ।

आयोगले दोषीमाथि कारबाही, राम्रो काम गर्नेलाई पुरस्कार र भविष्यका लागि शासकीय सुधारका विस्तृत सिफारिसहरू गरेको छ । पूर्वप्रधानमन्त्री भट्टराईले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका लागि यो प्रतिवेदन कार्यान्वयन गर्नु चुनौतीपूर्ण र ऐतिहासिक अवसर दुवै रहेको बताएका छन् ।

“देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्‍याउने भन्ने अब बन्ने रास्वपा सरकारको हातमा छ,” भट्टराईले उल्लेख गरेका छन् ।

लामो समयदेखि गोप्य राखिएको भनिएको यो प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । विशेषगरी युवा परिचालन र प्रविधिको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउन खोज्ने समूहमाथि प्रतिवेदनले उठाएका प्रश्नहरूमाथि अबको सरकारले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ८ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख