बन्यो चराका लागी सुविधायुक्त फ्ल्याट « Khabarhub

बन्यो चराका लागी सुविधायुक्त फ्ल्याट


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणीमा सबैभन्दा बुद्धिमानी मानिने मानिस आफ्नो वासस्थान निर्माणका लागी लाखौं करौडौं रकम खर्चन्छन् ।

वासस्थान निर्माणमा समय र जानकारी अभाव हुनेहरुका लागी बिभिन्न ब्यापारीक संस्थाहरुले हाउजिगं तथा फ्ल्याट निर्माण गरेर बेच्ने गरेका छन् । तर के तपाईले कहिल्यै कुनै जिवजन्तु वा पंक्षीका लागी फ्ल्याट बनाइएको सुन्नुभएको छ ? पक्कै छैन होला ।

किनकी पशुपन्छिहरु जंगल वा पायक परेको स्थानमा आफ्नो वासस्थान आफै बनाउछन् । तर उनीहरुले बनाएका वासस्थान कतिपय हावाहुरी तथा बर्षातले भत्काइदिन्छ ।

चराचुरुगींको यहि समस्यालाई मध्य नजर गर्दै भारतको गाजियाबादमा पहिलो पटक बर्ड फ्ल्याट निर्माण गरीएको छ ।

गाजियाबाद विकास प्राधिकरणको पहलमा निर्माण गरीएको स्थानीय जीडीए उपाध्यक्षको आवासमा मानिसका लागी बनाइने फ्याल्ट झै तलातलामा पक्षिंका लागी बर्ड फ्ल्याट निर्माण भएको छ ।

उक्त फ्ल्याटमा कुनै पनी पंक्षीले गुड लगाइरहनु पर्दैन बरु उक्त फ्ल्याटको भ्रमण गरी पायक परेको कोठालाई आफ्नो निजी गुडका रुपमा प्रयोग गर्न सक्नेछन् ।

गाजियाबादमा निर्माण भएको उक्त बर्ड फ्ल्याटमा ६० जोडी पंक्षीलाई सहज रुपमा बस्ने कोठा निर्माण गरीएको छ । २ महिना समय खर्चेर निर्माण सम्पन्न गरीएको उक्त फ्ल्याट निर्माणमा २ लाख भारतीय रुपैया लगानी गरीएको छ ।

करीब १५ फिट उचाइको उक्त फ्याल्ट एक फलामे पोलमा माथिबाट छाना हालेर निर्माण भएको छ । यतिमात्र होइन, बर्ड फ्ल्याट बस्ने पंक्षी का लागी पिउने पानीका साथै नुहाउने स्विमीङ पुल र बिहान बेलुका चारो ख्वाउने समेत ब्यवस्था छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : ४२ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा